यूएईमा नेपाली कामदारको न्यूनतम पारिश्रमिक १ हजार दिराम, निर्णय कार्यान्वयनमा

लोकपथ
1.3k
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली कामदारका लागि सरकारले तोकेको नयाँ न्यूनतम पारिश्रमिक कार्यान्वयनमा आएको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित भएसँगै यो निर्णय लागू भएको हो ।

अबदेखि म्यानपावर कम्पनीहरूले तोकिएको भन्दा कम तलबमा कामदार पठाउन नपाउने व्यवस्था गरिएको छ । सरकारले गत जेठमा निर्णय गरेको यो नयाँ पारिश्रमिक दरको कार्यान्वयनपछि, मागपत्र प्रमाणीकरण गर्दा समेत तोकिएको दरभन्दा कम भएको खण्डमा प्रमाणीकरण नहुने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?