काठमाडौं । नेकपा एमाले सांसद ठाकुरप्रसाद गैरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अराजकतामा मलजल गर्ने गरी असंसदीय काम गरिरहेको आरोप लगाएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले रास्वपाले संसद् बहिष्कार गरेर देशमा निराशा फैलाउने प्रवृत्तिलाई प्रोत्साहन गरेको बताए ।
भिजिट भिसा प्रकरणले नेपाल र नेपाली जनताको, संसद्को र न्यायप्रेमीहरुकै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै गैरेले दोषी उम्किन नहुने र निर्दोषलाई लाञ्छित हुन नपर्ने व्यवस्था मिलाइनुपर्ने बताए ।
‘भिजिट भिसा प्रकरणमा नेपालीहरू ठगिएको, सास्ती पाएको, सम्पत्ति गुमाएको कुरा गम्भीर छ,’ उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र छानबिन गरिरहेको छ, सरकार पनि सहयोग गरिरहेको छ ।’
गैरेले रास्वपाले अख्तियार र सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिको मर्म नबुझी संसद् बहिष्कार गरेको आरोप लगाए । भविष्यमा यस्ता घटना दोहोरिन नदिन थप व्यवस्थित ढंगले काम गर्नुपर्ने धारणा समेत राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया