काठमाडौं । भिजिट भिसा प्रकरणमा गठित उच्चस्तरीय छानबिन समितिप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।
यी दुई दलले हाल गठन भएको समितिले आफ्नो उद्देश्य अनुरूप निष्कर्ष निकाल्न नसक्ने भन्दै बैठकमा आफ्ना धारणा सार्वजनिक गर्दै संसद बहिष्कार गरेका हुन् ।
रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा र घटनाको सत्यतथ्य छानबिनको माग गर्दै आएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सात सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेपनि यी दलहरूले त्यसको नेतृत्व र संरचनाप्रति अविश्वास प्रकट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया