भिजिट भिसा प्रकरण : राप्रपाको संसद् बहिष्कार जारी रहने

लोकपथ
336
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद् बहिष्कारलाई निरन्तरता दिने निर्णय गरेको छ । पार्टीको आन्तरिक छलफलपछि यस्तो निर्णय गरिएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

उनका अनुसार सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले भिजिट भिसा प्रकरणमा प्रभावकारी काम गर्न नसक्ने निष्कर्षमा पार्टी पुगेको छ ।

‘विरोध नियमित राख्ने निर्णय भयो । सुरुमा कुरा राख्छौं र संसद्को कामकारबाही बहिष्कार गर्छौं,’ शाहीले भने ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयका सहसचिवहरू रहनेछन् । राप्रपा भने उच्चस्तरीय न्यायीक आयोग गठन गर्नुपर्ने माग राख्दै आएको छ ।

भिजिट भिसा प्रकरणलाई लिएर राप्रपाले संसद्को कामकारबाही अवरुद्ध गर्दै आएको छ । अवरोधकैबीच सरकारले बजेटमाथिको छलफल अघि बढाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?