‘ट्रम्पको बिन्तीपछि’ इरानद्वारा इजरायलसँग युद्धविरामको घोषणा, इजरायलले पनि गर्दै

लोकपथ
9.4k
Shares

काठमाडौं । इरानी सरकारी टेलिभिजनले इजरायलसँग युद्धविरामको घोषणा गरेको छ । सरकारी वक्तव्य सार्वजनिक गर्दै सरकारी च्यानल इरान ‘आईआरआईएनएन’ ले कतारस्थित अमेरिकी सैन्य बेसमाथि गरिएको आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि बिन्ती गरेपछि युद्धविराम घोषणा गरिएको जनाएको छ । 

अमेरिकी आक्रमणपछि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्सले जवाफी हमला गरेको थियो । यसपछि इरानले युद्धविराम गरेको समाचार आएका थिए तर उसले अस्वीकार गरेको थियो ।इरानको दाबी अनुसार उक्त आक्रमण अमेरिकाले इरानका तीनवटा आणविक साइटमाथि गरिएको आक्रमणको जवाफ थियो . तर, कतारले भने सबै मिसाइलहरू आकाशमै खसालिएको जनाएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्धविराम केही घण्टाभित्र लागू हुने बताएका हुन् ।

प्रारम्भमा इरानले युद्धविराम सुरु गर्नेछ भने त्यसको १२ घण्टापछि इजरायलले पनि त्यसमा सहभागी हुने जनाइएको छ । त्यसपछि २४ घण्टाको समयावधिमा दुवै पक्षले युद्धको औपचारिक अन्त्यको घोषणा गर्नेछन् ।

राष्ट्रपति ट्रम्पले दुवै राष्ट्रले धैर्य, साहस र समझदारी देखाएकोमा बधाई दिँदै यस सहमतिले दीर्घकालीन विनाशबाट सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई बचाउन सक्ने विश्वास व्यक्त गरेका छन् । उनले अन्त्यमा सबैलाई एकताको सन्देश दिँदै भनेका छन्, ‘ईश्वरले इजरायललाई आशीर्वाद दिनुहोस्, ईश्वरले इरानलाई आशीर्वाद दिनुहोस्, ईश्वरले मध्यपूर्व, संयुक्त राज्य अमेरिका तथा समग्र विश्वलाई पनि आशीर्वाद दिनुहोस् ।’

हालसम्म यसबारे इजरायल र इरानबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । अमेरिकी राष्ट्रपतिको कार्यालय र रक्षा मन्त्रालयबाट पनि यसबारेमा औपचारिक धारणा सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?