काठमाडौं । सत्तापक्षीय दलको शीर्ष नेताहरुको बैठक बसेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । आज प्रतिनिधि सभाबाट बजेट पास हुँदैछ । बजेट पास गर्नुअघि सत्तापक्षीय बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेताहरुको उपस्थिति रहेको छ ।
जहाँ कांग्रेसका तर्फबाट देउवासहित कृष्णप्रसाद सिटौला, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, लोसपाका महन्थ ठाकुर, जसपाका अशोक राई, जनमतका सिके राउत, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ सहभागी छन् ।
सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १९ खर्ब बढीको बजेट ल्याएको छ । विनियोजन शीर्षकमाथि निरन्तर छलफलपछि आज बजेट पासका लागि सदनमा प्रस्तुत गरिनेछ । त्यसो त सोमबार नै कांग्रेस, एमाले लगायतका दलहरुले बजेटका पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप नै जारी गरिसकेका छन् ।
आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक आह्वान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया