इरान र इजरायलबिच ‘पूर्ण र सम्पूर्ण’ रुपमा युद्धविराम भएको ट्रम्पको दाबी

लोकपथ
2.8k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले इरान र इजरायलबिच पूर्ण रुपमा युद्धविराम भएको दाबी गरेका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ लेख्दै दुई देशबिचको युद्धविरामले अन्ततः युद्धको अन्त्यतर्फ डोहोर्याएको दाबी गरेका छन् ।

साथै युद्धविराम गरेका दुई देश र अन्य सबैलाई बधाई दिँदै ट्रम्पले खुसी व्यक्त गरेका छन् ।

‘इजरायल र इरानबिच पूर्ण र सम्पूर्ण युद्धविरामको सहमति भइसकेको छ । जुन १२ घण्टासम्म कायम रहनेछ, त्यसपछि यो युद्ध अन्त्य भएको घोषणा गरिनेछ,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ।

ट्रम्पका अनुसार औपचारिक रुपमा युद्धविरामको सुरुवात इरानले गर्ने र १२औँ घण्टामा इजरायलले पनि युद्धविराम सुरु गर्नेछ ।

दुई देशबिचको युद्धले मध्यपूर्वलाई युद्धतिर लैजानसक्ने तर युद्धविरामले त्यसलाई रोकेको बताएका छन् । साथै कहिल्यै त्यसो हुन नसक्ने ट्रम्पको दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?