बालमन्दिर जग्गा प्रकरण : तत्कालीन महासचिव श्रेष्ठलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश

लोकपथ
497
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा जोडिएका तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

सोमबार काजिअले बालमन्दिरको २८ रोपनी ५ आना जग्गा भाडा प्रकरणमा प्रतिवादी बनाइएका श्रेष्ठलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले थुनछेक बहसपछि श्रेष्ठसँग धरौटी माग गरेर थुनामुक्त गर्ने आदेश दिएको हो ।

गत वैशाखको दोस्रो साता जिल्ला सरकारी वकीलको कार्यालयले बालमन्दिर जग्गा प्रकरणमा रिता सिंह वैद्य, उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?