विनियोजन विधेयकका पक्षमा मतदान गर्न एमालेले लगायो आफ्ना सांसदलाई ह्विप

काठमाडौं । नेकपा एमालेले भोलि मंगलबार प्रतिनिधिसभामा प्रस्तुत हुन लागेको विनियोजन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप लगाएको छ । सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक भोलिको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्न कार्यसूची छ । 

सोही कार्यसूचीलाई मध्यनजर गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘असार १० गते को बैठकमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्विप जारी गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?