प्रधानमन्त्री ओली र गायक दुर्गेश थापाले एकअर्काप्रति देखाए सद्भाव

लोकपथ
1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गायक दुर्गेश थापाले एकअर्काप्रति सदभाव देखाएका छन् ।

आइतबार साँझ प्रधानमन्त्री ओलीले दुर्गेशको पछिल्लो समय चर्चित गीत ‘दुश्मन हेरेको हेर्यै’ गीतबारे सामाजिक सञ्जालमा लेख्दै चर्चा गरेका थिए ।

प्रधानमन्त्री ओलीले उक्त गीत युट्युबमा १० करोडले हेरेको भन्दै प्रशंसा गरेका थिए ।

‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीतर संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेकोहेर्‍यै’ गीतको भ्युवरबाट थाहा हुन्छ । दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको छ । गीतका सर्जक दुर्गेश थापालाई बधाई,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै भनेका थिए ।

यता गायक दुर्गेशले पनि सामाजिक सञ्जालमा लेख्दै नयाँ पुस्ताको सिर्जना, अभिव्यक्ति र परिश्रमप्रति प्रधानमन्त्रीले चासो देखाएको भन्दै आफू भावुक भएको बताएका छन् ।

‘नयाँ पुस्ताको सिर्जना, अभिव्यक्ति र परिश्रमप्रति देशकै सम्माननिय प्रधानमन्त्रीज्यूले देखाउनु भएको चासो, संवेदना र सम्मानले मलाई असाध्यै भावुक तुल्याएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘दुश्मन हेरेको हेर्यै’ गीतमा १० करोड पटक हेरेर साथ दिइएको भन्दै उनले दर्शकप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

‘देशको प्रधानमन्त्रीज्यूले नेपाली गीत–संगीतको मूल्य र सम्भावना चिन्नु भएको यो क्षण सम्पूर्ण सिर्जनशील पुस्ताका लागि गर्वको विषय पक्कै हो । उहाँको शब्द केवल एउटा बधाई मात्र थिएन, त्यो नयाँ सोच, नयाँ ऊर्जा र नयाँ आशाको सम्बोधन थियो । म प्रधानमन्त्रीज्यूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु । यो सबै मेरो भगवान रूपि दर्शकहरूको मायाले सम्भव भएको हो । धन्यवाद, मेरा दर्शक–श्रोताहरू । धन्यवाद प्रधानमन्त्रीज्यू के पि बा,’ उनले भनेका छन् ।

दुर्गेश पछिल्लो समय चर्चित गायक हुन् । उनका विभिन्न मनोरञ्जनात्मक गीतका कारण देशभर मेला महोत्सवमा पुग्ने र व्यस्त गायक बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?