२०७८,श्रावण,१९,मंगलवार

कलिलैमा अवैध बाटो : किशोरकिशोरीका अमेरिका सपना

२०७४,कार्तिक,२०,सोमवार ०१:२३


काठमाडौँ, २० कात्तिक- हवाई, जल र स्थलमार्ग भएर अवैध रूपमा अमेरिका पुग्नेमा किशोरकिशोरीसमेत रहेको खुलासा भएको छ । अमेरिकी सरकारले नै आफ्ना माइनर केन्द्र (बालबालिका राखिने स्थान) हरूमा किशोरकिशोरी रहेको जानकारी नेपाली दूतावासलाई दिएको छ । आठ/नौ कक्षा पढ्दै गरेका विद्यार्थीसमेत यसरी अमेरिका पुग्न थालेपछि अमेरिकी सरकारले चासो देखाउँदै कूटनीतिक जानकारी दिएको हो । अमेरिका जाने गौंडाका रूपमा रहेका कोस्टारिका र पानामाले समेत केही माइनर केन्द्रमा नेपाली रहेको जानकारी अमेरिकास्थित नेपाली दूतावासलाई दिएका छन् । विद्यालय शिक्षा पूरा गर्नुपर्ने उमेरका नेपाली किशोरकिशोरी यसरी अवैध रूपमा बाहिरिनु निकै गम्भीर रहेको भन्दै अमेरिकाले नेपाली दूतावासलाई सोधेको हो । अमेरिका प्रवेश गरेका किशोरकिशोरीसँग कुनै कागजात हुँदैनन् र उनीहरू कति उमेरका हुन् भन्ने जानकारी नै हुँदैन । तर उनीहरू झट्ट हेर्दा निकै कम उमेरका देखिन थालेपछि नेपालबाट उनीहरूको विवरण मगाएरै अमेरिकाले दूतावासलाई जानकारी दिएको परराष्ट्र अधिकारीले बताए । वासिङटन डीसीस्थित नेपाली दूतावासका अनुसार अहिले पनि अमेरिकी केन्द्रमा १६ किशोरकिशोरी छन् । केहीको पुष्टि हुन बाँकी छ । केही उमेर पुगेर जेलमा स्थानान्तरण गरिएका छन् भने केही वकिलको सहायतामा त्यहीँ काम गरेर कागज बनाउने प्रक्रियामा छन् । किशोरकिशोरीलाई समेत मानव तस्करले प्रभावमा पारेर विदेश लैजान थालेपछि अमेरिका गम्भीर बनेको दूतावासले जनाएको छ । अमेरिकी सरकारले जानकारी दिएभन्दा बढी किशोरकिशोरी रहेको अनुमान दूतावासको छ, कान्तिपुरमा खबर छ ।    

प्रकाशित मिति: २०७४,कार्तिक,२०,सोमवार ०१:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

पारसको निर्णय अप्रत्यासित : क्यान अध्यक्ष
 २०७८,श्रावण,१९,मंगलवार १६:००
संक्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए
 २०७८,श्रावण,१९,मंगलवार १५:५५
पारस खड्का : क्याप्टेन, लिडर र लेजेन्ड पनि
 २०७८,श्रावण,१९,मंगलवार १५:३४