काठमाडौं । नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले बजेट विनियोजनमा शहरी विकास मन्त्रालय आज सबैभन्दा अस्तव्यस्त र लथालिङ्ग मन्त्रालय देखिएको बताएका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले जनताको जीवनस्तर उठाउनेतिर ध्यान जान नसकेको बताए ।
स–साना टुक्रे योजना राख्ने काम भएको र आफ्ना पिताजीको नामका योजनाबाट देश अघि बढ्न नसक्ने उनको भनाइ छ । टुक्रे योजनाहरू फालिनुपर्ने भन्दै तीन करोडका योजना सांसदहरूको सिफारिसका लागि मात्र नभई संघीय विनियोजनका निम्ति सबैमा लागू हुनुपर्ने बताए ।
सांसद थापाले भने, ‘शहरी विकास मन्त्रालय आज सबैभन्दा अस्तव्यस्त र लथालिङ्ग मन्त्रालय देखिएको छ । जनताको जीवनस्तर उठाउनेतिर ध्यान गएको छैन । ससाना टुक्रा र नेताको अझ आफ्ना पिताजीको नामका योजनाबाट देश अघि बढ्छ । बजारमा चर्चा त्यो पनि चर्चा छ है । टुक्रे योजनाहरू फालिनुपर्छ । तीन करोडका योजना सांसदहरूको सिफारिसका लागि मात्र होइन संघीय विनियोजनका निम्ति सबैमा लागू हुनुपर्छ । तीन करोड भन्दा कमीका योजना छुट्याइएका छन् भने निर्ममतापूर्वक शहरी विकास मन्त्रालय जुनसुकै मन्त्रालय, पर्यटन, खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय जुनसुकैमा पनि छ भने ती कार्यान्वयन गर्न हुँदैन, रोक्नुपर्छ ।’
सांसद थापाले सांसदहरूलाई देखाउन तीन करोडको सीमा तोक्ने र आफूले मनपरी गर्ने काम गर्न नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया