काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ७७ मध्ये ७२ जिल्ला विदेशी मुलुकलाई लिज (भाडा) मा दिन सकिने अभिव्यक्ति दिएपछि संसदमा हंगामा भएको छ ।
विनियोजन विधेयकमाथि आइतबार प्रतिनिधिसभामा भएको छलफलका क्रममा स्वतन्त्र सांसद सिंहले ५ वटा जिल्लामा मात्र बजेट गएको भन्दै बाँकी ७२ जिल्ला लिजमा दिन प्रस्ताव गरेका थिए । उनले ती जिल्ला अमेरिका, चीन या भारतलाई लिजमा दिन सकिने अभिव्यक्ति दिएका थिए ।
त्यसलगत्तै एमालेका मुख्य सचेतक महेश बर्तौलाले नियमापत्ति गर्दै राष्ट्रघाती अभिव्यक्ति दिने सांसदलाई कारबाही गर्नुपर्ने माग राखेका थिए । उनले भनेका थिए, ‘देशको नाम तोकेर जिल्ला लिजमा दिने कुरा आपत्तिजनक विषय हो । देशलाई कहीँकतै गाभिदिने भनेर संसद्को रोष्टमबाट अभिव्यक्ति दिनु राष्ट्रघाती र देशद्रोही विषय हो । मुलुकको स्वाभिमानको विरुद्धमा अभिव्यक्ति दिने कुरा कारबाहीको विषय हो । उहाँको अभिव्यक्ति राष्ट्रघाती छ, यस्तो कुरा सुनेर बस्न सक्दैनौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया