सरसफाईसम्बन्धी सचेतना घरघरमा फैलाउनुपर्छ : कुलमान घिसिङ

लोकपथ
126
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सरसफाईसम्बन्धी सचेतना घरघरमा फैलाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

काठमाडौंमा आयोजना गरिएको ६ महिने दैनिक सफाइ अभियानको समापन समारोहमा बोल्दै घिसिङले सफाइ अभियानलाई मात्र होइन, सरसफाईको महत्त्वबारे जनचेतना फैलाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामीले कार्यक्रम सफा गर्ने मात्रै नभएर अब अवेयरनेस फैलाउनेतर्फ जानुपर्छ । घरघरमा सचेतना फैलाउन थालेपछि फोहोर गर्नेहरूलाई पनि लाज लाग्छ र सफाइतर्फ प्रेरित हुन्छन् ।’

कार्यक्रममा उनले बौद्ध क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विस्तार हुँदै गएको उल्लेख गर्दै यहाँ थुप्रै नयाँ होटलहरू खुलिरहेका र ठमेलका पर्यटकहरू समेत बौद्धतर्फ आकर्षित भइरहेको बताए ।

‘बौद्ध क्षेत्र पर्यटकीय, वातावरणीय र सांस्कृतिक हिसाबले निकै उपयुक्त ठाउँ हो । अब यस्तो अभियान काठमाडौंभर विस्तार हुनुपर्छ,’ घिसिङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?