जसपा बैठक : निर्वाचन आयोगमा चलिरहेको विवादबारे छलफल

लोकपथ
168
Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबारदेखि सुरु भएको छ । बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको यो बैठक आइतबारसम्म चल्ने बताइएको छ ।

पार्टी प्रवक्ता मनिष सुमनका अनुसार बैठकमा अधिवेशन सम्पन्न भएका जिल्ला र स्थानीय तहको समीक्षा गरिएको छ । बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा चलिरहेको विवाद र सर्वोच्च अदालतमा रहेको मुद्दाबारे जानकारी गराएका छन् । साथै, अन्य पार्टीहरूसँग समन्वय र सहकार्यबारे पनि सामान्य छलफल भएको प्रवक्ता सुमनले जानकारी दिए ।

जसपा नेताहरूले संघीयतापछि नेपालमा धेरै उपलब्धि हासिल भएको उल्लेख गर्दै, सबै सातवटै प्रदेशमा भाद्र मसान्तसम्म अधिवेशन सक्न निर्देशन जारी गरिएको पनि बैठकमा छलफल भएको बताइएको छ ।

त्यसैगरी, जनता समाजवादी पार्टीबाट छुट्टिएर अशोक राईको नेतृत्वमा नयाँ जनता समाजवादी पार्टी गठन भएको विषयमा पनि समीक्षा गरिएको छ । बैठक भोलि सकिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?