काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको बचाउ र भ्रष्टाचारविरुद्ध खबरदारी गरेर स्थापना दिवस मनाएको छ ।
पार्टी स्थापना भएको तीन वर्ष पुगेको अवसरमा रास्वपाले माइतीघरमा सभापतिलाई प्रतिसोध राखेर कानुनी झमेलामा फसाएको भन्दै हस्ताक्षर संकलन गरेको छ ।
रास्वपाका सांसदहरू माइतीघरबाट हिँडेर संसद् भवनतिर लागेका छन्। माइतीघरमा तेस्रो स्थापना दिवसको अवसरमा पार्टीले आयोजना गरेको बृहत् भेलामा सहभागी भएर सांसदहरू सदनतिर लागेका हुन्।
‘लुटतन्त्रको खारेजी र सुसंस्कृत राजनीतिको संवर्द्धन’ का लागि सडक र सदनमा सँगै उत्रिएको प्रवक्ता मनिष झाले जानकारी दिए।
रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै संसद् अवरोध गरिरहँदा, सभापति रवि लामिछानेविरुद्धको मुद्दालाई ‘राजनीतिक प्रतिशोध’ भन्दै समर्थन जुटाउन हस्ताक्षर अभियान पनि सुरु गरेको छ। हाल लामिछाने भैरहवा कारागारमा छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया