काठमाडौं । निर्वाचन आयोगले आफ्नो हालसम्मको अभिलेखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री डा. मुकुल ढकाल नै रहेको भनी आफ्नो धारणा सार्वजनिक गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र सदस्यहरूको १५ महिनाअघि हेरफेर भएको र त्यसयता केही अद्यावधिक नभएको भनी आयोगले पत्राचार गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका डा. ढकालले गत बुधबार निर्वाचन आयोगमा अभिलेखको विवरण अद्यावधिक भए नभएकोवारे सूचना माग गरेर निवेदन लेखेका थिए ।
डा.मुकुल ढकालले दर्ता गराएको निवेदनअनुसार आयोगले दिएको लिखित जानकारीमा मिति २०८० सालको मंसिर १२ र २० गतेसम्मको विवरण मात्र अद्यावधिक भएको र त्यसपछि अहिलेसम्म थप कुनै अद्यावधिक विवरण अभिलेखमा नदेखिएको उल्लेख गरिएको छ ।
आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाबाट पठाइएको पत्रमा हालसम्म नयाँ हेरफेर वा अद्यावधिक विवरण आयोगमा नपुगेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया