काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत घुस लिएको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको संयुक्त इजलासले शुक्रबार मेयर बस्नेतलाई दोषी ठहर गरेको हो ।
नेपाली कांग्रेसबाट दुई पटक निर्वाचित भएका बस्नेतले पद्मा कोलोनी प्रालिका सञ्चालक अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको अदालतको ठहर छ ।
अदालतको आदेशअनुसार बस्नेतले उक्त घुस रकम र त्यसबाट किनेका जग्गा विभिन्न व्यक्तिलाई बिक्रीसमेत गरी १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेका छन् ।
यस मुद्दाका दोषी ठहर भएका बस्नेत र घुसदाताले सजाय निर्धारणका लागि असार १६ गते पेशी तोकिएको छ ।
यता, बस्नेतकी पत्नी उर्मिलाले भने सफाइ पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया