काठमाडौं । प्रमुख तीन दलबीच शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) को कार्यालय भाडाबारे छलफल भएको छ ।
हाल आयोगले हाँडीगाउँस्थित निजी घरमा मासिक साढे ९ लाख रुपैयाँभन्दा बढी भाडा तिर्दै आएको छ । महँगो भाडा र पीडितहरूका लागि असहज स्थान भएकाले कार्यालय सार्न सहमति जुटेको प्रधानमन्त्री ओलीका सल्लाहकार अग्नी खरेलले जानकारी दिए ।
छलफलमा संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा कर्मचारी व्यवस्थापन र द्वन्द्वपीडितको विश्वास बढाउने गरी काम अघि बढाउने विषयमा पनि सहमति भएको छ ।
बैठकमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, गृहमन्त्री लेखक, माओवादी अध्यक्ष दाहालसहित शीर्ष नेताहरू सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया