संसदमा रास्वपाको विरोध जारी रहेसँगै प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइयो

लोकपथ
203
Shares

काठमाडौं । संसदमा जारी विरोधका कारण प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम शुक्रबारको कार्यसूचीबाट हटाइएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकको प्रारम्भिक कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समावेश गरिएको थियो । तर, बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कार्यक्रम हटाइएको जानकारी गराए ।

सभामुख घिमिरेले रास्वपा र राप्रपाका सांसदहरूलाई बारम्बार संसदमा अवरोध नगरी आसनग्रहण गर्न आग्रह गरे पनि उनीहरूले विरोध जारी राखेपछि प्रधानमन्त्रीसँगको कार्यक्रम हटाइएको हो ।

सभामुखले भने, ‘माननीय सदस्यहरू संसदमा समय लिएर बोल्नुपर्छ, संसद्लाई नियमबद्ध रूपमा सञ्चालन गर्नुपर्छ भनेर नियम बनाएका छौँ । आज हाम्रो विनियोजन शीर्षकमाथिको छलफल जारी रहन्छ । त्यसअघि प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको थियो । तर, माननीय सदस्यहरूको विरोध र असहयोगका साथै यहाँको वातावरण उचित नभएको हुँदा म आजको कार्यक्रम विशेष कारणले हटाइएको ब्यहोरा जानकारी गराउँछु ।’

सभामुखले संसद्लाई नियमबद्ध रूपमा अघि बढाउनुपर्ने आवश्यकता पनि औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?