कृष्णप्रसाद सिटौला भन्छन्– ‘स्थानीय तह पनि सरकार नै हो’

लोकपथ
924
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले स्थानीय तहलाई सरकार होइन भन्ने मानसिकता छोड्नुपर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको संसद्को विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले संविधानमै तीन तहको सरकारको स्पष्ट व्यवस्था गरिएको बताए ।

‘संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको परिकल्पना गरेको छ,’ उनले भने, ‘तीनवटै तहमा कार्यपालिका र व्यवस्थापिका छन् । संघीय कार्यपालिका, संघीय व्यवस्थापिका, प्रदेश कार्यपालिका, प्रदेश व्यवस्थापिका, स्थानीय कार्यपालिका र स्थानीय व्यवस्थापिका भनेर संविधानमा उल्लेख छ ।’

उनले संघलाई बाझिने गरी प्रदेशले र प्रदेशलाई बाझिने गरी स्थानीय सरकारले कानुन बनाउन नमिल्ने स्पष्ट पारे । ‘संविधान विपरीत हामी जान सक्दैनौँ, संविधानअनुसार नै कानुन निर्माण गर्नुपर्छ, सिटौलाको भनाइ छ ।

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?