भीजीट भीसा प्रकरणमा सरकार गम्भीर हुनुपर्छ : सांसद सुवाल 

लोकपथ
126
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भीजीट भीसाको नाममा भइरहेको मानव तस्करीजस्तो गम्भीर अपराधको समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।  

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद सुवालले दोषी उम्कन नहुने भन्दै यस विषयमा निष्पक्ष छानबिनको माग गरेका हुन्  । उनले भीजीट भीसा प्रकरणमा सबै पार्टीका गृहमन्त्री जोडिएको हुनाले सत्तापक्ष र प्रतिपक्ष छानबिनका लागि तयार नभएको हुनसक्ने आशंका पनि व्यक्त गरे । उनले भीजीट भीसा लगायतका मुलुकमा विद्यमान समस्याको समाधानका लागि जनता जागरूक हुनुको विकल्प नरहेको पनि बताए । 

उनले भने, ‘भीजीट भीसा प्रकरणमा सबै पार्टीको गृहमन्त्रीहरू परेको देखियो । तर दोषीलाई त उम्कन दिन नहुने हो । तर सबै पार्टीबाट गृहमन्त्री भएको समयमै यस्तो भएको हुँदा पनि छानबिन गर्न तयार नभएका हुन् कि । यसको समाधानका लागि जनता सचेत हुनुको विकल्प छैन ।’

सरकारले संसदमा विपक्षीलाई पेलेर अघि बढ्ने कार्य सोभनीय नभएको समेत उनको टिप्पणी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?