अख्तियारद्वारा जनकपुर विकास परिषद्का पूर्व निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

लोकपथ
511
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व कार्यकारी निर्देशक बलराम ठाकुरसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ठाकुरले बिना प्रक्रिया परिषद्को रकम खर्च गरेको र गाडी खरिद-बिक्रीमा अनियमितता गरेको आरोप छ ।

अभियोगमा ठाकुर, उनकी श्रीमती, लेखापाल, प्रशासकीय अधिकृत, कम्प्युटर अधिकृत, चालक, उपभोक्ता समिति पदाधिकारी र ठेकेदारसमेत छन् ।

आयोगका अनुसार कार्यकारी निर्देशक ठाकुरविरुद्ध ५१ लाख ७१ हजार ८४४ रुपैयाँ, उनकी श्रीमती इन्दुलेखाविरुद्ध ४५ लाख २२ हजार ८४५ रुपैयाँ, लेखापाल गिरीविरुद्ध ३० लाख ७२ हजार ८४४ रुपैयाँ, प्रशासकीय अधिकृत शर्माविरुद्ध १० लाख १ हजार ८७६ रुपैयाँ, कम्प्युटर अधिकृत सिंहविरुद्ध १४ लाख ९९ हजार रुपैयाँ र उपभोक्ता समिति अध्यक्ष तथा कोषाध्यक्षविरुद्ध २० लाख ९९ हजार रुपैयाँ बिगो माग गरिएको छ ।

सम्पूर्ण प्रतिवादीहरूविरुद्ध झण्डै २ करोड रुपैयाँ बिगो माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?