विधेयकमा राजनीति गर्न खोज्नु खेदजनक : महेश बर्तौला

लोकपथ
413
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा पेस भएको विधेयकका विषयमा राजनीति गर्न खोज्नु खेदजनक भएको टिप्पणी गरेका छन् । 

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले समितिले चार दिन अघि सदनमा पेस गरेको प्रतिवेदनमा जालझेल, षड्यन्त्र र आशंका कसैले पाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे ।  

संविधान बमोजिम विनियोजन विधेयक रोक्न नसकिने अवस्थामा संसद् चलेको स्पष्ट पार्दै विनियोजन विधेयकसँगै अन्य महत्त्वपूर्ण विधेयकहरू समय सीमाभित्रै पारित गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । 

उनले प्रमुख प्रतिपक्षी दलको चाहना भनेको सत्तापक्ष र विपक्षी दलहरूबिचमा घमासान भइरहोस् र नियमित विधेयकमा छलफल चलाएर फेरि पनि सभामुख र सरकारले जबरजस्ती गर्‍यो भनेर टिप्पणी गर्न चाहिरहेको आरोप लगाए ।

उनले भने , ‘म स्पष्ट शब्दमा भन्न चाहन्छु, समितिले चार दिनअघि सदनमा प्रतिवेदन ल्याएको छ । यसमा कुनै षड्यन्त्र, यसमा कुनै जालझेल, यसमा कुनै आशंका कसैले पाल्नुपर्ने र जालझेल षड्यन्त्र छ भन्नुपर्ने अवस्था छैन । सरकारले किन राख्नुपर्‍यो । सरकारको आफ्नो विधेयक जति भन्दा जति छिटो पारित गर्दा  महत्त्वपूर्ण विधेयक पारित भयो भन्ने महत्त्वपूर्ण विषय हो । यसतर्फ राजनीति गर्न खोज्नु भयो त्यो राम्रो भएन । संसद्को न्यूनतम अभ्यास जे छ, विधेयकहरू कसरी आउँछ रु कसरी छलफलमा जान्छ रु कसरी निष्कर्षमा पुग्छ रु विभागीय मन्त्री अगाडी नआउँदा विधेयक अगाडि जान्छ कि जाँदैन । म यति कुरा भन्न चाहन्छु, चार दिन अगाडि संसदमा प्रतिवेदन आएको छ । हामी सबैले अध्ययन गरेका छौँ । असार १५ गते अगाडि नै विभागीय मन्त्रीसँग संसद् सचिवालयले समन्वय गर्छ र उपयुक्त दिनमा त्यो पारित हुन्छ । अर्को चाहना के हो भने यसमा प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलहरूले बुझ्नुपर्छ । अहिले रास्वपाले संसदमा विरोध गरिरहनुभएको छ । विरोधका बाबजुद पनि संविधान बमोजिम विनियोजन विधेयक रोक्न सक्दैनौँ । संविधान बमोजिमको काम गर्न सहमति भए पनि रोक्न मिल्दैन । यही विधेयकमा काम गरेका राजनीतिक दलहरूले विरोध राख्दै गर्दा यसलाई अगाडि बढाउने कि नबढाउने भन्ने कुरा रह्यो । त्यस कारण दुई चार दिनपछि विरोधका कार्यक्रमहरू अवतरित हुने अवस्था बन्छ र उहाँहरू स्वयंले पनि यो विधेयकमा गरेको मिहिनेत सरकारले गरेका पहलकदमीमा धन्यवाद दिनुहुन्छ । हामी त्यही कुरा प्रतीक्षा गरिरहेका छौँ । तर, प्रमुख प्रतिपक्षी दलको चाहना भनेको सत्ता पक्ष र अरू विपक्षी दलहरूका बिचमा पनि निकै ठुलो घमासान भैरहोस् हरेक विषयमा । भित्र नियमित विधेयकमा पनि छलफल चलाएर फेरि पनि जबरजस्ती गर्‍यो सभामुखले, सरकारले भनेर टिप्पणी गर्न पाइयोस् भनेर प्रमुख प्रतिपक्षले चाहिरहेको हो कि भन्ने आशंका छ । त्यतातर्फ हामीलाई रुचि छैन । यो विधेयकलाई छिटो अगाडि बढाएर पारित गर्नुपर्छ भन्ने ठाउँमा छौँ र यसलाई प्रभावकारी समन्वय गरिरहेका छौँ ।’

प्रतिपक्षको चाहनाप्रति रुचि नभएको भन्दै प्रमुख सचेतक बर्तौलाले विधेयकलाई छिटो अगाडि बढाएर पारित गर्नुपर्छ भन्ने आफूहरुको चाहना रहेको स्पष्ट पारे ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?