काठमाडौं । लेनदेन बिगो कसुर मुद्दामा फरार रहेका नारायण गया श्रेष्ठलाई प्रहरीले काठमाडौं शान्तिनगरबाट पक्राउ गरेको छ।
श्रेष्ठमाथि काठमाडौं जिल्ला अदालतले बिगो बापत ५० हजार रुपैयाँ र कोर्ट फी १,७७० रुपैयाँ तिर्नुपर्ने फैसला गरेको थियो। रकम तिर्न नसकेपछि अदालतले तीन महिनाको कैद आदेश दिएको थियो।
तीन वर्षदेखि फरार रहेका श्रेष्ठलाई असार ५ गते पक्राउ गरी अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया