काठमाडौं । गृह मन्त्रालयले तीन जना सहसचिवको सरुवा गरेको छ ।
यसअघि कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भएर गृह मन्त्रालयमा आएका भरतमणि पाण्डे भक्तपुरको सीडीओमा पदस्थापन भएका छन् ।
भक्तपुरका सीडीओ रहेका गोपालप्रसाद अर्याललाई अर्घाखाँची सरुवा गरिएको छ । अर्घाखाँचीका सीडीओ वेदप्रसाद अर्याललाई भने गृह मन्त्रालय तानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया