दाङ । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता प्रक्रिया अघि बढेको छ । उनी पार्टीका उपमहासचिव तथा प्रमुख सचेतकसमेत हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चौधरीविरुद्ध ५ करोड ४० लाख रुपैयाँ बराबरको चेक अनादर (बाउन्स) भएको उजुरी परेको छ । उजुरीपछि प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको हो ।
एसपी अर्जुन तिमिल्सिनाले हुलाकमार्फत चेक अनादरको उजुरी प्राप्त भएको र सो सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए । उनले भने, ‘जाहेरीमाथि अनुसन्धान जारी छ, मुद्दा दर्ताको प्रक्रिया अगाडि बढ्दै छ ।’
प्रहरी स्रोतका अनुसार चौधरीविरुद्ध बैंकिङ कसुर वा ठगीमध्ये कुन कसुरमा मुद्दा दर्ता गर्ने भन्ने विषयमा कानुनी परामर्श भइरहेको छ । उजुरीकर्ता को हुन् भन्नेबारे भने प्रहरीले खुलाएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया