काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लामो समयपछि सामाजिक सञ्जालमा फर्किएका छन् ।
गत चैत १५ गते तीनकुने घटनापछि सोही दिन पक्राउ परेपछि मिश्र अनुसन्धानका लागि ५० दिन प्रहरी हिरासतमा रहे । सो अवधिमा ३५ वटा कविताहरु लेखेको र आगमी दिनमा सामाजिक सञ्जालमा लेख्ने बताएका छन् ।
‘अब म सबैसँग सामान्य अवस्थामा जस्तै सम्पर्कमा रहने नै छु। ५० दिनको हिरासत बसाइमा ३५ वटाभन्दा बढी कविता लेखेको रहेछु। तीमध्यै कुनैकुनै सामाजिक सञ्जालमा प्रेषित गर्ने नै छु,’ उनले भनेका छन् ।
चैत १५ को घटनापछि ८२ दिन सामाजिक सञ्जालमा पोस्ट गरेको जनाउँदै उनले राजनीतिक नेतृत्वले आफूमाथि प्रतिशोध साँधेको आरोप लगाएका छन् ।
सोमबार जिल्ला अदालत काठमाडौंले मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । ५० दिन हिरासत बसाइ र एक महिना असहज परिस्थितिपछि आफू अहिले सामान्य अवस्थामा फर्किएको बताए । त्यस्तै अझै कानुनी लडाई बाँकी रहेको तर आफूले न्यायालयबाट न्याय पाउने विश्वास लिएको उनले जनाएका छन् ।
‘भावी कानुनी संघर्षमा पनि न्यायलयबाट न्याय पाउनेछु भन्नेमा विश्वस्त छु। सबैप्रति पुनस् एकपटक आभार प्रकट गर्दछु,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया