काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से २४.७६ अंकले घटेर २६२८ अंकमा झर्यो । कारोबार रकम भने बढ्दै ११ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।
सबै समूह सूचक ओरालो लागेका छन् । व्यापार समूह सबैभन्दा धेरै २.४७ प्रतिशत घट्यो ।
पन्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । तीन कम्पनी-पियोर इनर्जी, रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जीको मूल्य भने १० प्रतिशतले घटेको छ ।
अधिकारक कारोबार भएका कम्पनीहरूमा ङादी ग्रुप, बुटवल पावर, सिंगटी हाइड्रो, सानिमा माइ हाइड्रोपावर र राधि विद्युत् परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया