भीजीट भीसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन, सबै एकजुट बनौँ : प्रमुख सचेतक शाही

लोकपथ
210
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले भीजीट भीसा प्रकरणको विषयमा सबै दलहरू एकजुट भएर अघि बढ्न अपिल गरेका छन्। 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद शाहीले भीजीट भीसा प्रकरण कुनै दल विशेषको मुद्दा नभएको भन्दै एकजुट भएर अघि बढ्न आह्वान गरेका हुन् । 

उनले उक्त प्रकरणमा अहिलेका गृहमन्त्री रमेश लेखकको मात्र नभई २०६४ साल यताका १४ जना गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने बताए । उनले लाखौँ नेपालीहरू विदेशमा भीजीट भीसाको नाममा बेचिएर अलपत्र परेको उल्लेख गर्दै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरे । 

उनले भने, ‘भीजीट भीसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन । हामी सबैको साझा मुद्दा हो । आजको एक जना गृहमन्त्रीको कुरा होइन, २०६४ सालदेखिका १४ वटा गृहमन्त्रीको मुद्दा हो । राप्रपाको तर्फबाट सबै दलहरूलाई अपिल छ –हामी एक ठाउँमा आएर मानव बेचबिखनविरुद्ध एकजुट बनौँ । यो कुनै व्यक्ति वा दलको मात्र मुद्दा होइन । आज लाखौँ मान्छेहरू बेचिएर अलपत्र परेका छन् । जबसम्म यो भीजीट भीसा प्रकरणमा छानबिन समिति बन्दैन तबसम्म आन्दोलन जारी रहन्छ ।’

उनले अवरोधका बिच संसद् नचलाउन समेत सभामुखसँग आग्रह गरे । अवरोधका बिच संसद्को कारबाही अगाडि बढाए आज पनि बैठक बहिस्कार गर्ने उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?