सरकार विधेयक पारित गराउने विषयमा गम्भीर छैन : प्रमुख सचेतक पाण्डे

लोकपथ
126
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्मा पेस भएका महत्त्वपूर्ण विधेयक पारित गराउने विषयमा गम्भीरता नदेखाएको भन्दै ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको भनाइ र व्यवहारमा अन्तर देखिएको टिप्पणी गरे ।

‘संघीय निजामती, विद्यालय शिक्षा र नागरिकता विधेयक समयमै पारित होस् भनेर प्रमुख प्रतिपक्षी दलले पटक–पटक दबाब दिइरहे पनि सरकारकै अनिच्छाले यी विधेयकहरू अझै अड्किएको अवस्था छ, पाण्डेले भने ।

उनले लामो बहस र छलफलपछि सदनमा प्रस्तुत भएको संघीय निजामती विधेयकलाई छिटो पारित गरेर संघीय र प्रदेश सरकारहरूका समस्या समाधान गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?