रास्वपाले सुमना श्रेष्ठमाथि लागेको आरोप छानबिन गर्न समिति बनायो

लोकपथ
19.8k
Shares

काठमाडौं । सांसद सुमना श्रेष्ठमाथि लागेको आरोपको छानबिन गर्न रास्वपाले तीन सदस्यीय समिति गठन गरेको छ। प्रा.डा.चन्दा कार्की भण्डारीको संयोजकत्वमा बनेको समितिमा डा. नारायण घिमिरे र पूर्व एसएसपी लव विष्ट सदस्य छन्।

श्रेष्ठमाथि गृहमन्त्री रमेश लेखकविरुद्ध नक्कली उजुरी गराएको आरोप लागेपछि पार्टीले छानबिन समिति बनाएको हो।

रास्वपाले उक्त आरोपलाई नियोजित अभियानको हिस्सा भनेको छ र संलग्नता पुष्टि गर्न समिति गठन गरिएको जनाएको छ।

बैठकमा सभापति रवि लामिछानेमाथि लागेको मुद्दा र भिजिट भिसा प्रकरणमा पार्टीको संसदीय भूमिका सशक्त बनाउने निर्णय पनि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?