सहज रूपमा बैठक सञ्चालनका लागि सभामुख घिमिरे छलफलमा, संसद् बैठक बस्न ढिलाइ

लोकपथ
910
Shares

काठमाडौं । संसद् बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरे र प्रमुख दलका सचेतकहरू छलफलमा जुटेपछि संसद् बैठक बस्न ढिलाइ भएको छ ।

आज बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको भए पनि सभामुख घिमिरेले अवरोध हटाउने विषयमा छलफल डाकेपछि बैठक बस्न ढिलाइ भएको हो ।

विपक्षी दलहरू विशेषगरी रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोध र बहिष्कार गर्दै आएका छन् ।

प्रमुख विपक्षी माओवादी केन्द्रले भने दुई बुँदे सहमति गरिसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?