पहिरोले अवरूद्ध बीपी राजमार्ग एकतर्फी खुल्‍यो

लोकपथ
539
Shares

काभ्रेपलाञ्चोक । अविरल वर्षापछि आएको लेदोसहितको पहिरोले अवरुद्ध बनेको बीपी राजमार्गको पात्लेखेतमामाथिको खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

बुधबार साँझ ५ बजेदेखि सडक अवरुद्ध भएपछि अहिले जेसीबीको सहायताले दुईतर्फी सञ्चालनको प्रयास जारी रहेको अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका प्रमुख वरिष्ठ सई कुलबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार गत वर्षको असोज दोस्रो साताको बाढी र पहिरोबाट क्षतिग्रस्त उक्त सडक पुनः पहिरोका कारण प्रभावित भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, काभ्रेले वर्षाको समयमा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न यात्रुहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?