काठमाडौं । इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी–लाकी ज्वालामुखी विस्फोटपछि बाली आउने–जाने दर्जनौँ उडान रद्द भएका छन्।
फ्लोरेस टापुस्थित ज्वालामुखी मंगलबार सक्रिय भएपछि सतर्कता उच्चतम स्तरमा पुर्याइएको छ। बालीको नगुराह राय विमानस्थलबाट जेटस्टार, भर्जिन अस्ट्रेलिया, एयर इन्डिया, एयर न्यूजिल्याण्ड, टाइगरएयर र जुनेयाओ एयरलाइन्सका उडानहरू रद्द भएका छन्।
जेटस्टारका अनुसार रातिसम्म खरानीको बादल हट्ने र त्यसपछि उडानहरू सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
फ्लोरेस टापुको लाबुआन बाजो गन्तव्यका एयर एसियाका उडान र माउमेरे नजिकको फ्रान्सिस्कस जाभेरियस सेडा विमानस्थल पनि बिहीबार बिहानसम्मका लागि बन्द गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया