काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले जलविद्युत परियोजनाको बीमाका सवालमा गुनासाहरू धेरै रहेको बताएका छन् ।
नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघको छैटौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले जलविद्युत परियोजनाको बीमा गर्ने सवालमा तहगत संलग्नतामा गुनासोहरू आउने गरेको बताए ।
उनले बीमाको क्षेत्रमा काम गरिरहेकाहरूको सुझाव र सहयोगका आधारमा राज्यले तय गरेको प्राथमिकता अनुरूप तयारी नहुँदा लगानी आकर्षित गर्नसमेत समस्या भइरहेको उल्लेख गरे ।
लगानी आकर्षित र सुरक्षित बनाउनका लागि बीमाको सुरक्षा आवश्यक रहेको स्पष्ट पार्दै अध्यक्ष ओझाले बीमा सुरक्षाका लागि ऋण सहयोगको सुरक्षासँगै ऋण सहयोगको सुरक्षाका लागि रेट्रोको सुरक्षाबारे स्पष्ट हुनुपर्ने बताए ।
उनले बीमा क्षेत्रको सुधारका लागि हुनसक्ने संयन्त्र बनाउनतर्फ समयानुकूल कामहरू गर्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया