काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपालखबर र बिजमाण्डु अनलाइनलाई अदालतको अवहेलनामा कारबाही किन नगर्ने भनी लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठको चरित्रहत्या आरोपसहितको समाचार नहटाएको भन्दै अदालतले नेपालखबर र बिजमाण्डुलाई अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ दिन आदेश दिएको हाे ।
जिल्ला न्यायाधीश विष्णुप्रसाद पन्थीको एकल इजलासले विपक्षीलाई एक साताभित्र आफैँ उपस्थित भएर जवाफ दिन भनेको छ। यसअघि श्रेष्ठसम्बन्धी समाचार हटाउन अदालतले अन्तरिम आदेश दिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया