राजुनाथ पाण्डेको पक्षमा अदालतको आदेश, काम गर्ने बाटो खुल्यो

लोकपथ
7.7k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रहरी प्रमुखका रुपमा राजनाथ पाण्डेलाई काम गर्ने बाटो खुलेको छ ।

उच्च अदालत पाटनले बुधबार अन्तरिम आदेश जारी गर्दै पाण्डेलाई काम गर्न नरोक्न भनेको हो ।

उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा फैसला गरेको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले पाण्डेलाई विभिन्न कारण देखाउँदै ६ महिनाका लागि निलम्बन गरेका थिए । आफूलाई काममा रोक लगाइएको भन्दै पाण्डे उच्च अदालत पुगेका थिए ।

उच्च अदालतले आदेश जारी गर्दै पाण्डेलाई निलम्बन गर्नु पर्ने आधार नदेखिएको भन्दै काममा रोक नलगाउन आदेश दिएको हो ।

‘महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार विपक्षी प्रमुख प्रशासकीय अधिकृतलाई रहेको र सो बमोजिमको आदेश र निर्देशन पालना गर्नु प्रत्येक महानगर प्रहरीको कर्तव्य हुने कानुनी व्यवस्था रहेको तथ्यलाई यी निवेदकले इन्कार गरेको देखिँदैन,’ आदेशमा भनिएको छ, ’सोही परिप्रेक्ष्यमा सुविधा र सन्तुलनको दृष्टिकोणमा उल्लेखित जाँचबुझ समितिको काम कारबाही अघि बढाउन यी निवेदकलाई तत्काल निलम्बन गर्नु पर्ने सम्मको अवस्था देखिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?