सशस्त्र प्रहरीकाे एआईजीमा ठाडा मगर, दर्ज्यानी चिह्न प्रदान

लोकपथ
840
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलका एआईजीमा पदोन्नति भएका गणेशबहादुर ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

बुधबार हल्चोकस्थित मुख्यालयमा सशस्त्र प्रहरी प्रमुख राजु अर्यालले चिह्न प्रदान गरे। असार २ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई एआईजीमा बढुवा गरेको हो।

आईजीपी अर्यालले नयाँ जिम्मेवारी व्यावसायिक रूपमा निर्वाह गर्न निर्देशन दिए। कार्यक्रममा एआईजीद्वय नारायणदत्त पौडेल, वंशीराज दाहाल, महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्यालसहित अधिकृत र जवानको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?