काठमाडौं । गएरातिको वर्षापछि सडक हिलो हुँदा पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा सवारी साधनहरू फसेका छन् ।
महेन्द्र राजमार्गअन्तर्गत भुताहादेखि पूर्व नवलपरासीको चोरामारासम्म करिब ४५ किलोमिटर क्षेत्रमा लामो जाम लागेको छ ।
कावासोतीका इन्स्पेक्टर जनकराज बन्जराका अनुसार हिलोमा फसेका गाडीहरू निकाल्न नसकिँदा बिहान ५ बजेदेखि यातायात अवरुद्ध भएको हो । अहिले डाइभर्सन निर्माण गरी सडक सञ्चालन गर्न थालिएको उनले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया