सर्लाहीका निलम्बित मेयर भरत थापा ३ लाख धरौटीमा रिहा

लोकपथ
777
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले सर्लाही बागमतीका निलम्बित मेयर भरत थापालाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

५६ करोड ७१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दामा अख्तियारले थापासहित ८ जनामाथि विशेषमा आरोप दायर गरेको थियो ।

यसअघि जिल्ला अदालत सर्लाहीले अर्को वनसम्बन्धी मुद्दामा उनलाई ५० लाख धरौटीमा छाड्ने आदेश दिइसकेको छ ।

थापाविरुद्ध विशेष अदालतमा थप दुई मुद्दा विचाराधीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?