बाघको आक्रमणबाट गोठालाको मृत्यु

लोकपथ
469
Shares

रौतहट । बारा जिल्लास्थित जंगलमा मंगलबारबाघको आक्रमणबाट एक जना गोठालाको मृत्यु भएको छ ।

मकवानपुरको मनहरी घर भई हाल बारा जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जमा बसोबास गर्दै आएका वीरबहादुर थिङको बाख्रा चराउने काममा रहेका ५५ वर्षीय चन्द्र बहादुर भुलनको बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

चन्द्र बहादुर भुलन सोही क्षेत्रको चकटी जंगलमा बाख्रा चराउन गएका थिए । मंगलबार साँझसम्म घर नफर्किएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएपछि प्रहरी टोली र स्थानीयवासीले रातभर खोजी गरेका थिए । खोजतलासका क्रममा बुधबार बिहान साढे ७ बजे दक्षिणकाली सामुदायिक वनको खोल्सामा बाघले खाएको अवस्थामा भुलनको शव फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?