संसद्को नयाँ क्यालेन्डर : ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर, १४ गते बजेट निर्णयार्थ पेस

लोकपथ
560
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ६ गते शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन् । 

प्रतिनिधिसभाको असार महिनाको पहिलो पाक्षिक क्यालेन्डरमा यो कुरा उल्लेख छ । क्यालेन्डरअनुसार असार १४ गतेसम्म ११ वटा बैठक बस्नेछ । 

क्यालेन्डरमा असार १० गतेसम्म निरन्तर र त्यसपछि १४ गते बैठक बस्ने उल्लेख छ । १४ गते बजेटलाई निर्णयार्थ पेस गरिने पनि बुधबार सार्वजनिक क्यालेन्डरमा उल्लेख छ ७ र १४ गते शनिबार पनि बैठक बस्ने क्यालेन्डरमा उल्लेख छ ।

बजेटमाथि छलफल गर्नुको साथ निजामती विधेयक पारित गर्ने पनि उल्लेख छ । सरकारले असार १५ गतेभित्र शिक्षा विधेयक पारित गर्ने सहमति गरेको भए पनि १४ गतेसम्मको क्यालेन्डरमा यो परेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?