काठमाडौं । उपसभामुख इन्दिरा रानामगर दक्षिण अफ्रिका दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा आयोजना हुने लोकतन्त्रसम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेकी छन् ।
उनले इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलेक्टोरल असिस्टेन्स (आइडिइए), ओपन सोसाइटी फाउन्डेसन र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको आयोजनामा यही असार पाँच र छ मा हुने ‘अफ्रिकामा लोकतन्त्रको पुनःपरिकल्पना, विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’। विषयक उच्चस्तरीय संवादमा भाग लिने कार्यक्रम छ । उनी जेठ ८ गते स्वदेश फर्किने छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया