काठमाडौं । पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता दिवंगत ढुण्डिराज शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ ।
बुधबार बिहान उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको हो ।
९० वर्षीय शास्त्रीको उपचारका क्रममा गत सोमबार निधन भएको थियो । पार्टी केन्द्रीय कार्यालय सानेपामा उनको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरू पुगेका थिए । पार्टी कार्यालयमा सभापति देउवासहितका नेताहरूले उनको पार्थिव शरीरमाथि पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया