काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको उद्धार गर्न रजिस्ट्रेसन प्रक्रिया सुरु गरेको छ । दूतावासले नेपालीको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन रजिस्ट्रेसन प्रक्रिया सुरु गरेको हो ।
दूतावासद्वारा सूचनामा भनिएको छ, ‘इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा/त्रासमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सुरु गरेको छ, यस प्रक्रियामा सहभागी हुन इच्छुक नेपाली नागरिकले दूतावासले उपलब्ध गरेको वेब लिंकमा क्लिक गरी रजिस्ट्रेसन गर्न अनुरोध गरिन्छ ।’
इजरायल र इरानबीच युद्ध चर्किएपछि विभिन्न राष्ट्रले इजरायलमा रहेका आफ्ना नागरिकलाई उद्धार गर्न सुरु गरेको बेला नेपालले पनि उद्धार प्रक्रिया सुरु गरेको हो ।
इजरायलमा साढे पाँच हजार नेपाली रहेको अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया