‘राष्ट्रिय नीतिलाई निर्मम ढंगले समीक्षा गर्ने बेला भइसक्यो’

लोकपथ
126
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छाले राष्ट्रिय नीतिलाई निर्मम ढंगले समीक्षा गर्ने बेला भएको बताएका छन् ।  काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नीतिको सर्जरी गर्दा कुनै अंग काट्न आवश्यक भए पनि काटेर अघि बढ्नुपर्ने सुझाव दिए । उनले नेपालमा माइग्रेसन (आप्रवासन समस्या) र वैवाहिक सम्बन्धमा दरार आउने समस्या विकराल बनिरहेको बताए । आप्रवासन समस्याका कारण आइरहेको वैवाहिक सम्बधको समस्याबारे गम्भीर भएर सरकारले सोच्नुपर्ने उल्लेख गरे । 

उनले सबै नीतिहरूमा उल्लेख्य सुधार ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए । उनको अबको पुस्ता धरै अध्ययन गरेको र सीपयुक्त हुने भएकाले उनीहरूमा सरकारको अबको लगानी हुनुपर्ने बताए ।

उनले हिमाल र पहाडी क्षेत्रका नागरिकलाई केन्द्रमा राखेर सडक लगायतका भौतिक पूर्वाधारहरू निर्माण गरिरहेको भए पनि उपयोग गर्ने जनशक्ति नहुँदा लगानी खेर गइरहेको बताए । जनसांख्यिक अवस्थालाई बुझेर योजना नबनाउने हो भने लगानीको कुनै अर्थ नरहेको जिकिर गरे ।  उनले युवा जनशक्ति केन्द्रित लगानी बढाउनुपर्नेमा जोड दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?