अन्ततः बिहीबारसम्मका लागि सर्‍यो प्रतिनिधि सभा बैठक

लोकपथ
644
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि सरेको छ ।

आज बिहान ११ बजे बोलाइएको बैठक ढिला गरि सुरु भए पनि विरोध निरन्तर रहेपछि स्थगित गरिएको थियो । दिउँसो २ः१५ बजे आधा घण्टाका लागि स्थगित भएको बैठक पुनः ४ः३० बजेका लागि बोलाइएको थियो । तर विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहमति नहुँदा बिहीबार बिहान ११ बजेसम्मका लागि सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो ।

रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै निरन्तर बैठकमा अवरोध गरिरहेको छ । आजको बैठकमा समेत रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विरोध जनाएको थियो ।

त्यस्तै सभामुखले दलहरुलाई सहमति गरेर संसदको अवरोध हटाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?