काठमाडौं । प्रतिनिधि सभा बैठक आधा घण्टा (३० मिनेट) का लागि स्थगित भएको छ ।
आजको बैठकमा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले विरोध जनाएका थिए । रास्वपाका सांसदहरुले गृहमन्त्रीको राजीनामा माग्दै ‘निलो रिबन’ सहित विरोध जनाएका थिए ।
यता नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने रास्वपाका सांसदहरुले अमर्यादित पोषाक लगाएको भन्दै उनीहरुलाई कारबाही गर्न माग गरेका थिए । उनले रास्वपा सांसदहरुलाई संसदबाटै निष्काशन गर्न समेत माग गरेका थिए ।
निरन्तर रास्वपाले विरोध जनाएपछि बैठक आजै ३० मिनेटपछि बस्ने गरी स्थगित गरिएको सभामुख घिमिरेले जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया