काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले बजेटको समयमा संसदीय समितिमा विधेयकमाथिको छलफल नराख्न आग्रह गरेकी छन् ।
मंगलबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् । समयको चापलाई हेरेर समितिको बैठक राख्न आग्रह गरिन् ।
समितिमा आज नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बधमा संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग् छलफल थियो । संसद बैठक पनि आज नै बस्ने र बजेटको बारेमा पनि छलफल गर्नुपर्ने भएकाले बजेट सेसनमा विधेयकमाथि संसदीय समितिमा छलफल नगर्न आग्रह गरिन् ।
उनले भनिन्, ‘समयको व्यस्ततालाई हेरौँ । समयको पावन्दी पनि हेरौँ । बरु बिदाको दिन बोलाउनुस् हामी आउँछौँ तर बजेटको सेसनको बेलामा बोलाउँदा संशोधनकर्ताहरु पनि आउनु हुन्न । हामीले पनि जति महत्व दिनुपर्ने हो त्यो दिन सक्छौँ की सक्दैनौँ ।’
समितिमा पनि विधेयकलाई राम्रो बनाउनका लागि आवश्यक समय दिन नसकिने स्पष्ट पारिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया